कांग्रेस बदल्न कमल तामाङको उम्मेदवारी, गगन थापाको नेतृत्वमा देश बदल्ने दाबी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार कमल तामाङले कांग्रेसलाई नयाँ ढंगबाट रूपान्तरण गर्दै देश परिवर्तनको अभियानमा अघि बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन्। ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका तामाङले पत्रकारहरूसँग कुरा गर्दै आफू निर्वाचित भए कांग्रेसलाई थप लोकतान्त्रिक, जनमुखी र जनउत्तरदायी पार्टीका रूपमा अघि बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए।…