Logo

नेपालीलाई खुशीको खबर: नेपाली युवाले बनाए खेतीपातीमा किसानले मोबाइलबाट चलाएर की’टनाशक औषधी छर्ने ड्रोन

काठमाडौं – नेपालमा मात्र होइन, पछिल्लो समय विश्वका विभिन्न देशमा तथा वैज्ञानिक रिसर्च सेन्टरहरुमा ‘ड्रोन’ (मानवरहित विमान)को विकासलाई निकै प्राथमिकतामा राख्न थालिएको छ। यसले मानव सभ्यातालाई तथा आम मानिसको जीवन शैलीलाई कसरी सहज बनाउने भन्ने विषयमा अध्ययन अनुसन्धान भएका छन् ।त्यसको पछिल्लो उदाहरण केहीअघि दशरथ रंगशालामा दक्षिण एशियाली खेलकुद (साग)को समापनमा पनि देखिएको छ । ड्रोनको प्रयोगले सागको समापन निकै सुन्दर तथा प्रशंसायोग्य भएको थियो ।

विश्वमा ड्रोनकै प्रयोगले पछिल्ला दिनहरुमा घर घरमा औषधि डेलिभरसमेत गर्न थालिएको छ । यसको प्रयोग र एडभान्समेन्ट बारे विभिन्न समाचार आइरहेका छन् ।अनि नेपालमा पनि ड्रोनको अध्ययनले राम्रो विकास पाइरहेको छ। शनिबार अर्थात् १२ पुसमा जावलाखेलको एउटा स्टार्टअप मेलामा पनि ड्रोनको यस्तै प्रयोगको उच्चतम नमूना देख्न पाइयो। डिएभी कलेजमा भएको एक कार्यक्रममा देखिएको ड्रोन हो–हामीलाई खेती पाती गर्न सहयोग गर्ने ड्रोन । शम्भु सिवाकोटी र उनका साथीहरु मिलेर बनाएको यो ड्रोनले खेतीपातीमा कीटनाशक औषधि छर्न सहयोग गर्छ ।

काठमाडौं इन्जिनियरिङमा इलेक्ट्रोनिकल इन्जिनियरिङको अध्ययन गरेका सिवाकोटीले सन् २०१४ मा आफ्नो प्रोजेक्टका रुपमा ड्रोन बनाए । त्यसमा पनि उनलाई साथीहरुको सहयोग थियो । त्यही प्रोजेक्टलाई अहिले विस्तारित रुप दिन खोजिरहेका छन्, सिवाकोटी ।र, यसको पहिलो परीक्षणस्वरुप उनले यो ड्रोन बनाएका हुन् जसले खेतबारीमा औषधि छर्न सहयोग गर्न सक्छ ।इलेक्ट्रोनिक्स पढेका सिवाकोटीले त सबै भन्दा पहिले आफूले अध्ययन गरेको विषयकै आवश्यक केही सामान नेपाल ल्याएर बेच्न थालेका थिए ।अर्थात्, इम्पोर्टरको रुपमा उनी नेपाली बजारमा छरिन थालेका थिए ।

‘मेरो साथीले कपडा इ’म्पोर्ट गरेर व्यवसाय गरि रहेको थियो,’ सिवाकोटीले डिएभी कलेजको प्राङ्गणमा सुनाए, ‘त्यही साथीको आइडियाबाट मैले यो सिकेँ ।मैले आफ्नै क्षेत्रको सामान ल्याउन थालेँ र आफूले पढेकै कलेजमा बेच्न थालेँ ।’ सामान ओसारपसार गर्दागर्दै सिवाकोटीलाई लाग्यो, ‘अब केही प्रोडक्टमा पनि काम गर्नु पर्छ ।’ त्यही सोचको प्रतिफल हो– मधुका कृषक । मधुका कृषक अर्थात् हाम्रो खेती बालीमा औषधि छरिदिने ड्रोन ।

प्रतिक्रिया दिनुहोस्