सिन्दुरमा परपुरुषको अंगालोमा बेरिएपनि सति–सावित्री, सिन्दुर पुछिएपछि बोले मात्र चरित्रहीन
सरस्वती (सरु) भट्ट । नारी ! आज फेरि केही मलिन अनि बनावटी हाँसोले मुस्काउने दिदी बहिनीको याद आयो । सायद सुख ऐश आरामको उन्मादले आफ्नो स्वार्थ पूर्तिको लागि स्वतन्त्रता को बाटो रोजेका नारी बर्गलाई मेरा शव्दरुपी अनुभव सामान्य लाग्लान् तर साँचै जीवनको गोरेटोमा गन्तव नपुग्दै एक्लिन वाध्य नारीहरुको आँशुपुच्छ्दै मुस्काएको ओठले जहिले पनि झस्काउछ ।

जिम्मेवारीको अकल्पनीय भारी र एकल जीवनको अत्याश लाग्दो उकालो कसैले पार लगाईदेला भन्ने आशा मरिसकेको त्यो मनमा एक पछि अर्का वितृष्णा का घटनाले चार प्रहर रात अत्यास मै वित्ने गर्छ।
सिउँदो भरि सिन्दुर लगाएर परपुरुषको अंगालोमा बेरिएकी नारी सति सावित्री मानिन्छे तर भाग्यलाई सर्वशक्तिमान ठानी संघर्षमा होमिएकी मन, वचन, कर्म र धर्मले अभिप्रेरित एकल महिला पुरुषसँग मानविय नाताले वोलेको हिँडेको आधारमा चरित्र हिन बन्छ ?
सरस्वती (सरु) भट्ट : सामाजिक क्षेत्रको वास्तविकतामा कलम चलाउँने प्रखर लेखिका हुनुहुन्छ ।
हामी जतिसुकै विकसित र परिवर्तित समाजको कुरा गरेतापनि जब आफु र आफ्नो दृष्टिकोणमा परिवर्तन गर्न सक्दैनौं भने आधुनिक सभ्यता विकृति र वितृष्णा को उपज वन्ने छ । भनिन्छ ‘नमरी स्वर्ग देखिन्न’ साँचै एकल जीवनको कल्पना पवित्र मनले गरेर हेर । के श्रीमानले अफिस वाट तरकारी हातमा वोकेर भान्छामा राखेको अनुभवले यसको अनुभुत गर्न सक्ला ?
श्रीमानको साथीले भाउजुलाई घरसम्म पुर्याउदा सामान्य मान्य समाज एकल महिला अफिसको सहकर्मी संगै घरसम्म पगिन् भने पोई नभएर छाडा भकि भन्न पछि पर्दैन । गास, वास, कपास, बालबच्चाको लालन पालन धर्म सस्कृती परम्परालाई मघ्यविन्दुमा राखी संघर्ष गरिरहेका ति कदमको इज्जत गर्न नसके पनि वेईज्यत नगरी अरु नागरिक सरह गुण र दोषको आधारमा सामाजिक न्यायको सिद्धान्तको अनुसरण मात्र गरिदिए पनि भलाइ हुनेथियो।
वैवाहिक जीवन मानिसको उमेरसँगै विकसित हुने आवश्यकता र चाहना हो। हरेक मानिसमा खुशी र सुखी रहने चाहना हुन्छ तर कयौँ कारणले महिला हरू एकल जीवन विताउन वाध्य हुन्छन् जुन नेपाली समाजका लागि अभिसाप हो। झनै सामाजिक र राजनैतिक जीवनमा होमीएका ति महिलारूको अवस्था ह्रदय विदारक छ।
महिलाको पारिवारिक र सामाजिक भुमिका महत्वपूर्ण छ, महिला अगाडी बढ्नु पर्छ भन्नेहरू महिलालाई आफ्नो भर्याङ वनाई क्षमतावान महिलाको विरूद्ध सोझा सिधा महिलालाई प्रयोग गर्दछन् र महिलाको शत्रु महिला भन्ने गर्दछन् । सामान्य महिला जसलाई आर्थिक, पारिवारिक, र राजनैतिक जीवनमा श्रीमानको साथ र सहयोग हुदै गर्दा त सामाजिक जालोवाट निस्कन कठिन छ भने जो विविध कारणले एकल जीवन विताइरहेका महिलाको पिढा भिन्न छ।
यसको मतलव यो होइन उनीहरू दयाको भोका छन् तर आर्थिक भार पारिवारिक दायित्व, सामाजिक मर्यादा र व्यक्तिगत चाहनालाई एक्लै व्यवस्थापन गरेर क्षमता सहित सार्वजनिक जीवन जीउन खोज्नेलाई अवसर प्रदान गर्नु एउटा सभ्य सुरक्षित र आधुनिक समाजको दायित्व थियो जुन विकसित मुलुकमा अवसरको रूपमा हेरिन्छ। तर हाम्रो समाजमा एकल महिला लाई असाय र दयाको रूपमा हेरि झनै या तना र अभद्र व्यवहार गरिन्छ। यतिमात्र होइन एकल भएकै कारण अनेक लाञ्छना र अभद्र व्यवहारको सि कार हुनुपर्दछ ।