Logo

आफ्नो जन्ममिति अनुसार अपनाउनुहोस यस्तो उपाय नसोचेको धन प्राप्ति हुनेछ ! जानी राखौ

ज्योतिष शास्त्रमा वास्तु शास्त्रको धेरै महत्व रहेको छ । वास्तुशास्त्र र ज्योतिष शास्त्र एक अर्काको पुरक हुन । जबकी वास्तुशास्त्र अनुसार हरेक दिशामा केही न केही ग्रहसँग सम्बन्धित रहेको हुन्छ ।यदि व्यक्तिको जन्ममिति अनुसार चारै दिशामा केही वास्तु चिजहरु राख्ने हो भने केही न केही लाभ मिल्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।यदि तपाईको जन्ममिति १२ गते रहेको छ भने त्यसलाई १२.३ भन्ने मुल्यांकनमा ३ मानिन्छ । त्यस्तै १५ गते जन्म छ भने त्यसलाई१५.६वा मुल्यांकनमा ६मानिन्छ।यसरी जन्ममितिको मुल्यांकन अनुसार घरको कुन दिशामा के राख्दा लाभ हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

१. मुल्यांकन नम्बर १ को लागि शुभ दिशा पूर्व हो । यस प्रकारको व्यक्तिले घरको पूर्व दिशामा घरमा बासुरी राख्दा राम्रो हुन्छ ।२.जन्ममिति अनुसार मूल्यांकन नम्बर २ पर्ने व्यक्तिको लागि शुभ दिशा उत्तर, पश्चिम रहेको छ । त्यसकारण मूल्यांकन नम्बर २ हुने व्यक्तिले उत्तर, पश्चिम दिशामा सेतो वस्तु जस्तै शंख, पथ्थर राख्दा राम्रो हुनेछ ।३. जन्ममिति अनुरा मूल्यांकन नम्बर ३ पर्ने व्यक्तिले उत्तर पूर्वी दिशा शुभ रहेको छ । यस दिशामा रुद्राक्ष राख्ने गरेमा लाभ मिल्नेछ ।४. मूल्यांकन नम्बर ४ हुने व्यक्तिको शुभ दिशा दक्षिण पश्चिम हो । यी व्यक्तिले दक्षिण पश्चिम दिशामा काँचले बनेको वस्तु राख्दा लाभ हुनेछ।५.मूल्यांकन नम्बर ५ पर्ने व्यक्तिको लगि शुभ दिशा उत्तर हो । यस प्रकारका व्यक्तिले उत्तर दिशामा लक्ष्मी अथवा कुवेरको मूर्ति राख्दा लाभ हुनेछ ।

६. मूल्यांकन नम्बर ६ भएका व्यक्तिको शुभ दिश दक्षिण पूर्व हो । यस्ता व्यक्तिले यो दिशामा मयूरको प्वाँख राख्नु शुभ मानिन्छ ।७. मूल्यांकन नम्बर ७ तोकिएका व्यक्तिको शुभ दिश उत्तर पूर्वी हो । यस प्रकारका व्यक्तिले उत्तर पूर्वी दिशामा एक मुखे रुद्राक्ष राख्दा लाभ मिल्न्नेछ ।८.८ नम्बरलाई मूल्यांकन नम्बर तोकिएको छ भने त्यस्ता व्यक्तिको लागि शुभ दिशा पश्चिम हो । उनीहरुले पश्चिम दिशामा कालो पथ्थर राख्नु राम्रो हुनेछ ।९. मूल्यांकन नम्बर ९ भएका व्यक्तिको शुभ दिशा दक्षिण हो । त्यसकारण उनीहरुले दक्षिण दिशामा पथ्थरले बनेको पिरामिड राख्दा शुभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्