Logo

नेपालमा श्वासप्रश्वासका कारण २० जनाको मृत्यु, कोरोना परिक्षण गर्न आनाकानी

कोभिड १९ अर्थात रोरोना भाइरसका कारण विश्वभर १० हजार भन्दा बढिको ज्यान गइसकेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको यो रोग विश्वका १६० भन्दा बढि देशमा फैलिएको छ । १०४ डिग्री भन्दा बढि ज्वरो आउनु, श्वासप्रश्वासमा समस्या हुनु र थकाई लाग्नु कोरोनाका मुख्य लक्षणहरु हुन । नेपालमा श्वासप्रश्वासका कारण २० जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ ।

चीनमा कोरोना फैलिएकै वेला अर्थात् १५ पुसदेखि फागुन अन्तिमसम्म नेपालमा दमलगायतका श्वासप्रश्वासका दुई हजार ६ सय २७ बिरामीलाई आइसियूमा राखेर उपचार गरिएको छ । यहीबीचमा श्वासप्रश्वासका कारण २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । श्वासप्रश्वासका बिरामीको संख्या नियमितभन्दा फरक र असाधारण होइन । तर, यसवेला संक्रमण फैलिएकाले सतर्कताका लागि उनीहरूको पनि कोरोना टेस्ट गर्ने पर्ने हो । तर गरेको छैन ।

यस विषयमा स्वास्थ्य मन्त्रालयले श्वासप्रश्वासका सबै विरामीको कोरोना टेष्ट गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय कार्यन्वयन भएको छैन ।
अब एटीएम, इन्‍टरनेट र मोबाइल बैंकिङ निःशुल्क काठमाडौं : अब जुनसुकै एटीएम बुथबाट पैसा निकाले पनि शुल्क नलाग्ने भएको छ। नोभल कोरोना भाइरस कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क कारोबारको सुविधा दिने भएका हुन्। यसअघि एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था थियो।

अब वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीमध्ये कुनै पनि संस्थाको कार्ड अर्को जुनसुकै संस्थाको बुथमा प्रयोग गर्न सकिने भएको छ। बैंक शाखा कार्यालयमा मानिसहरुको भीड कम होस् भनेर बैंकहरुले विद्युतीय कारोबारलाई जोड दिएका छन्। यसका लागि मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङमा पनि शुल्क मिनाहा गर्ने निर्णय भएको छ। नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने ‘कनेक्ट आइपीएस’ सेवामा पनि शुल्क नलाग्ने भएको छ। यसअघि इण्टरनेट र मोबाइल बैंकिङको सेवा लिएर पासवर्ड बिर्सिएका वा अन्य कुनै कारणले प्राविधिक समस्यामा परेका ग्राहकले टेलिफोनमार्फत् सोध्न पनि बैंकरहरुले आग्रह गरेका छन्।

शुक्रबार नेपाल बैंकर्स संघ, डेभेलपमेण्ट बैंकर्स एशोसियशन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त बक्तव्य जारी गर्दै यस्तो बताएका हुन्। उनीहरुले अत्यावश्यक अवस्थामाबाहेक बैंक शाखामा नजान आग्रह गरेका छन्। बैंकरहरुले नोट (पैसा) बाट अत्यन्त चाँडो र सजिलै भाइरस संक्रमण हुने जोखिम भएको भन्दै नगद कारोबार सकेसम्म कम गर्न आग्रह गरेका छन्। विश्वव्यापी रुपमै नगद पैसाको कारणले रोगको संक्रमण छिटो भएको ‘रिपोर्टिङ’ भएको छ।

तर, विश्व स्वास्थ्य संगठनले भने दश दिनअघि बक्तव्य नै निकालेर नोटका कारण भाइरसको तीव्रता नबढेको बताएको थियो। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले २५ जनाभन्दा बढी मान्छे एकै ठाउँमा नबस्नु भन्ने सरकारी निर्देशनको पालना गर्न पनि यसले सघाउने बताउँछन्। उनले एटीएम बुथमा पहिलेभन्दा बढी पैसा लोड गरिने र एटीएम बुथको नियमित अनुगमन बढाइने बताए। ‘एटीएम बुथको सफाइमा पनि पहिलेभन्दा बढी ध्यान दिन हामीले सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छौं,’ उनले भने।

अब एटीएम, इन्‍टरनेट र मोबाइल बैंकिङ निःशुल्क काठमाडौं : अब जुनसुकै एटीएम बुथबाट पैसा निकाले पनि शुल्क नलाग्ने भएको छ। नोभल कोरोना भाइरस कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क कारोबारको सुविधा दिने भएका हुन्। यसअघि एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था थियो। अब वाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीमध्ये कुनै पनि संस्थाको कार्ड अर्को जुनसुकै संस्थाको बुथमा प्रयोग गर्न सकिने भएको छ।

बैंक शाखा कार्यालयमा मानिसहरुको भीड कम होस् भनेर बैंकहरुले विद्युतीय कारोबारलाई जोड दिएका छन्। यसका लागि मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङमा पनि शुल्क मिनाहा गर्ने निर्णय भएको छ। नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने ‘कनेक्ट आइपीएस’ सेवामा पनि शुल्क नलाग्ने भएको छ। यसअघि इण्टरनेट र मोबाइल बैंकिङको सेवा लिएर पासवर्ड बिर्सिएका वा अन्य कुनै कारणले प्राविधिक समस्यामा परेका ग्राहकले टेलिफोनमार्फत् सोध्न पनि बैंकरहरुले आग्रह गरेका छन्।

शुक्रबार नेपाल बैंकर्स संघ, डेभेलपमेण्ट बैंकर्स एशोसियशन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त बक्तव्य जारी गर्दै यस्तो बताएका हुन्। उनीहरुले अत्यावश्यक अवस्थामाबाहेक बैंक शाखामा नजान आग्रह गरेका छन्। बैंकरहरुले नोट (पैसा) बाट अत्यन्त चाँडो र सजिलै भाइरस संक्रमण हुने जोखिम भएको भन्दै नगद कारोबार सकेसम्म कम गर्न आग्रह गरेका छन्। विश्वव्यापी रुपमै नगद पैसाको कारणले रोगको संक्रमण छिटो भएको ‘रिपोर्टिङ’ भएको छ।

तर, विश्व स्वास्थ्य संगठनले भने दश दिनअघि बक्तव्य नै निकालेर नोटका कारण भाइरसको तीव्रता नबढेको बताएको थियो। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले २५ जनाभन्दा बढी मान्छे एकै ठाउँमा नबस्नु भन्ने सरकारी निर्देशनको पालना गर्न पनि यसले सघाउने बताउँछन्। उनले एटीएम बुथमा पहिलेभन्दा बढी पैसा लोड गरिने र एटीएम बुथको नियमित अनुगमन बढाइने बताए। ‘एटीएम बुथको सफाइमा पनि पहिलेभन्दा बढी ध्यान दिन हामीले सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्