Logo

नेपालमा कोरोना भेटिएको अ’फवाह फैलाउने युवकले दिए यस्तो चकित पार्ने बयान, प्रहरी नै तिनछक

काठमाडौँ – विश्वव्यापी रुपमा फैलिरहेको को’रोनाभा’इरसबारे अ’फवाह फैलाएको आ’रोपमा प’क्राउ परेका विवेक थापा मगरले आफ्नो फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्र’म छरेको बयान दिएका छन्। केन्द्रीय साइबर ब्युरोले शनिबार दिउँसो उनलाई प’क्राउ गरेको थियो। प’क्राउपछि प्रहरीले किन अ’फवाह फैलाएको भन्दै बयान लिन थालेपछि मगरले फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन नयाँ तरिका अपनाएको बताएका हुन्। उनले सामाजिक संजालको दु’रूपयोग गर्दै अडिओ मेसेजमार्फत् राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई को’रोनाभा’इरस देखिएको बताएका थिए।

नेपालमा कोरोना फैलिसकेको भन्दै अ’फवाह फैलाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। रामेछाप, ठाडादेवी गाउँपालिका घर भई उनी हाल भक्तपुर सिपाडोल बस्दै आएका थिए।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले भने सामाजिक सञ्जालमा यस्ता किसिमका गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ। यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन का’नुन ब’मोजिम क’डा कार’बाही हुने प्रहरीले बताएको छ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्