Logo

प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु

ds/ :gfgdf bz{gfyL{
ag]kf, @& df3 M afx|jif]{ ds/ d]nf nfUg] sfe|]knf~rf]ssf] kgf}tL gu/kflnsf– ^ / & sf] ;Ëd:yn lqj]0fL3f6 :yndf x’g] ds/ :gfgdf ;xefuL x’Fb} bz{gfyL{ . ds/ :gfgsf] ;do clGtdlt/ cfOk’Ubf bz{gfyL{sf] ;ªVofdf pNn]Vo j[l4 x’Fb} uPsf] 5 . d]nf cfufdL zlgaf/;Dd rNg]5 . t:jL/ M k]df nfdf÷/f;;
धनुषा,माघ २। धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।

धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद मण्डलले बताए ।

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ । यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्