Logo

विश्वकपमा अर्ना वियरको घोषणाः नेपाली टोलीको हरेक विकेट र छक्कामा २०/२० हजार पुरस्कार

काठमाडौं– आइसिसी पुरुष टि–२० विश्वकपमा अर्ना वियरले नेपाली टोलीलाई नगद पुरस्कारको घोषणा गरेको छ । आइतबार अर्ना वियरले विश्वकपमा खेलाडीहरुलाई प्रोहत्साहन गर्न नगद पुरस्कारको घोषणा गरेका छन् । टिम नेपालले हरेक खेलमा जित्ने कूल रकम खेलाडीहरुबिच बाँडिने समेत अर्नाले जनाएको छ । ने छ

हरेक रनमा एक हजार रुपैयाँ, हरेक चौकामा १० हजार रुपैयाँ, हरेक छक्कामा २० हजार रुपैयाँ दिने अर्ना वियरले जनाएको छ । यस्तै, डट बलमा १५ सय रुपैयाँ, हरेक मेडेन ओभर (ओभरमा कुनैपनि रन स्कोर नभए)मा २० हजार रुपैयाँ र हरेक विकेटमा २० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्