Logo

काठमाडौँ महानगरपालिकाले नगर प्रहरी जवानको माग

 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेका छन् । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको छ ।

नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरको छ । दरखास्त पेश गर्दा वैकल्पिक दर्ता नं खुलेको ढाँचा बमोजिमको निवेदन र र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने हुने छ ।

प्रतिक्रिया दिनुहोस्