Logo

रसायन प्रयोग गरी पकाएका आँप कसरी चिन्ने ?

 

मीठो र रसिलो आँप मन नपराउने कम नै होलान् । आँपलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिएको हुन्छ । रसायन र कीटनाशकहरू स्वास्थ्यका लागि एकदम हानिकारक हुन्छन् । त्यसैले रसायन प्रयोग गरेर पकाएको आँपले स्वास्थ्यमा धेरै असर गर्छ ।
हामीले आँप किन्दा केमिकलमुक्त आँपको पहिचान गर्नु एकदम आबसेक छ । किनभने रासायनिक तरिकाले पकाएको आँपमा क्याल्सियम कार्बाइड नामक को रसायन हुन्छ । यसले पेट फुल्ने, पखाला लाग्ने र पेटमा ग्यास भरिने जस्ता कारण हरु निम्तिन सक्छ ।

विभिन्न अध्ययनअनुसार रासायनिक रूपमा पाकेको आँपको अत्याधिक सेवनले क्यान्सरको रोग लग्न सक्छ । यी आँपमा भिटामिन र मिनरल्सको मात्रा कम हुन सक्छ र यसमा हानिकारक विषाक्त पदार्थहरू उच्च मात्रामा पाइन्। जसले गर्दा हृदयरोग, मधुमेह र मिर्गौला रोग निम्त्याउन सक्छ । कहिलेकाहीं कीटनाशकको कारण छाला एलर्जीको जोखिम पनि हुन्छ । आँप भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिजको राम्रो स्रोत हो । प्राकृतिक रूपमा पाकेको आँपको तुलनामा रासायनिक तरिकाले पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पोषक तत्त्वको मात्रा कम हुन्छ । रसायन भएको आप छिन्न सजिलो हुन्छ।

आँप चिन्नका लागि केही सजिलो उपायेहरु येस्ता छन्।

रंगद्वारा पहिचान गर्न सकिन्छ

पानीमा डुबाएर जाँच्न सकिन्छ

पानीमा डुबाएर जाँच्ने

काटेर हेर्ने

बास्ना महत्त्वपूर्ण छ

स्वाद फरक हुन्छ

प्राकृतिक रुपमा पकाइएको आँप खाँदाका फाइदाहरु

पाकेको आँपमा चीनिजन्य पदार्थ, विभिन्न भिटामिन र खनिज तत्वहरु प्रशस्त मात्रामा पाइन्छ। आँप भिटामिन सी, भिटामिन ए, भिटामिन इ, फोलेट, भिटामिन बि ६ का साथै कपर, म्याग्नेसियमजस्ता खनिजको राम्रो स्रोत हो। शरीरका कोष स्वस्थ राख्न चाहिने भिटामिन पाइने भएकाले आँपले छालाको चाउरीपन रोक्न मद्दत गर्दछ। शरीरको रोग प्रतिरक्षा क्षमता बढाउने भिटामिनहरु पाइने भएकाले आपँलाई इम्युनो बुस्टिङ (रोगसँग लड्ने क्षमता बढाउने) फल पनि भन्ने गरिन्छ।

आँपको नियमित उपभोगले हृदय सम्बन्धी रोग, छिट्टै बुढ्यौली देखिने समस्या, क्यान्सरजस्ता स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्छ। आँपमा घुलनशील फाइबर पाइन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ। अपच तथा अम्लीयपना जस्ता समस्या हटाउन पनि आँपको सेवन लाभदायक हुन्छ। गर्भवती र रक्तअल्पता भएका बिरामीहरुले आँप खानु फाइदाजनक हुन्छ।

टेक्सास एग्रिलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरुले आफ्नो अनुसन्धानमा आँपलाई अन्य फलहरुको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाकारी मानेका छन्। क्याटाचिन, ग्यालिक एसिड, एन्थोसायनिनजस्ता रसायन पाइने भएकाले आँप एन्टीअक्सिडेन्टको पनि राम्रो श्रोत हो जसले शरीरमा कोषको क्षयीकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ। आपँमा पाइने म्याग्निफेरिन नामक तत्वले मुटुको स्वास्थ्यलाई राम्रो गर्दछ। आँप पाचन प्रणाली र आँखाको स्वास्थ्यका लागि पनि लाभकर मानिन्छ। आपँमा प्राकृतिक रुपमै चीनिजन्य पदार्थ पाइने हुँदा मधुमेहका रोगीहरुले र तौल घटाउन चाहनेहरुले भने मात्रा मिलाएर मात्र खानु पर्दछ।

 

 

 

प्रतिक्रिया दिनुहोस्