Logo

अब त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलाई भेट्न क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ । विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यसको जानकारी गराएको छ।

‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्यूआर प्रयोग गरी अग्रिम समय लिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

अबदेखि प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायतले उपकुलपति बराललाई भेट्न क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने छ । समय नलिइकन उपकुलपतिलाई भेट्न समय पाउन  समस्या भएकाले सेवाग्राहीकाे सहजताको लागि क्युआर कोडको सिस्टम ल्याएको विश्वविद्यालयले जनाएको छ ।

क्युआरकोड बाहेक प्रत्यक्ष उपकुलपति बरालसँग अथवा उनका स्वकीय सचिव सरोज जी तन्डुकारमार्फत समय लिन सकिनेछ । अब उपकुलपतिलाई भेट्न आउँदा पनि कहिले भेट्नै नपाउने कहिले विषयवस्तु अनुसारको समय नमिल्ने जस्ता गुनासो नआउने विश्वास विश्वविद्यालयले लिएको छ । उपकुलपति बराल गत फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्