Logo

पाल्पामा भएको दुर्घटनामा ज्यान जानेको संख्या १४ पुग्यो

पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा तानसेन –३, की मुना सारु मगरको ज्यान गएपछि मृत्यु हुनेको  संख्या १४ पुगेको हो ।अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, कर्मचारीसहित अन्य अतिथि चढेको बस रम्भा गाउँपालिका, हुमिन नाजिकको जंगलमा दुर्घटना हुँदा सहकारीका अध्यक्ष विष्णुमान बज्राचार्य र उहाँका भाइ सचिनसँगै १४ जनाको ज्यान गएको हो ।  दुर्घटनामा ज्यान गुमाउनेमा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्ण बहादुर बोहोरा, कृष्णमान बज्राचार्य, क्षेत्रमान शाक्य, गिता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खांड र दुर्गादेवी श्रेष्ठ रहेका छन् ।

दुर्घटनाका ३ गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

१३ जनाको ज्यान जाने गरी पाल्पामा भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । घाइते प्रबिन बज्राचार्य, सन्तम बज्राचार्य र अनुज थापालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते तीन जनाको काठमाडौंमा रहेको ग्रीन सिटी हस्पिटलमा  उपचार भैरहेको आफन्तहरुले जनाएका छन् । घाइते अन्य ७ जनाको पाल्पाको युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्