Logo

बिरामीलाई भेट्न सशस्त्र प्रहरी अस्पतालमा पुगे रक्षा मन्त्री हरि प्रसाद उप्रेती

काठमाडौँ- रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले आज काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत बिरामीलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बिरामी सँगको भेट क्रममा मन्त्री उप्रेतीले उनिहरुको पहिले,अहिलेको अवस्था र बिरामीको रोगहरु बारे जानकारी लिनुभएको छ ।

उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए । करिब १ घण्टाको बसाईमा बिरामीको आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी उप्रेती फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्