Logo

राष्ट्रनिर्माण अभियानमा लागेका धुर्मुसलाई फसाउन खोज्ने को हुन् ?

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले आफुहरुले अहिले सम्म गरेका अभियानमा एक रुपैया पनि अपारदर्शी रुपमा खर्च गरेको कसैले भेटे त्यो दिन देखि आफु यो धर्तीमा नरहने प्रतिकृया दिएका छन् । विहिवार बिर अस्पतालमा पत्रकार सम्मेलन आयोजना गरी धुर्मुसले अपारदर्शी काम गरेको भन्नेलाई सो कुरा पुष्टि गर्न चुनौती दिएका छन् । एक महिना देखि काठमाडौं स्थित बिर अस्पतालको पुननिर्माण र रंग रोगनमा खटिएका धुर्मुसलाई चन्दा उठाएर खाएको भन्ने गम्भिर आरोप लागेपछि उनले यस्तो प्रतिकृया दिएका हुन् । बिर अस्पतालको पुननिर्माणका नाममा उनको फाउण्डेशनले अपारदर्शी रुपमा चन्दा संकलन गरिरहेको भन्दै समाचार प्रकाशन भएको थियो । सो समाचार वाहिर आए पछि धुर्मुसले बिहिवार काम स्थगित गरेर पत्रकार सम्मेलन गरेका छन् । ‘बस्ती निर्माण देखि बिर अस्पताल सफाइ अभियान सम्म एक रुपैया पनि तल माथि गरेको कसैले भेट्नु भयो भने त्यो दिननै म यो धर्तीमा रहन्न, उनले निकै भावुक हुंदै भने, बाचा गर्छु म जस्तो सुकै सजाय भोग्न पनि तयार छु ।’

उनले पवित्र उद्धेश्य राखेर काम गर्दा पनि यस्तो आरोप सुन्नु र सहनु पर्दा निकै मन दुखेको बताए । ‘मन दुख्दो रहेछ, यस्तो पबित्र मनले काम गर्दा पनि यस्तो गम्भिर आरोप आउंदा, उनले भने तर म खुसी पनि छु यस्ता आरोपले काम गर्ने उर्जा पनि दिएको छ ।’उनले आफु अन्धभक्त भएर सबै चिज त्यागेर एउटा अस्पताललाई राम्रो बनाउँ भनेर राष्ट्रनिर्माण अभियानमा लाग्दा यस्तो गम्भिर आरोप लागेको भन्दै निकै चित्त दुखाए । तर आरोपको सामना गर्दै आफु राष्ट्रनिर्माण अभियानमा सहभागी भइरहने प्रतिवद्धता समेत जनाएका छन् । उनले बिर अस्पताल सफाइका लागि आफुहरुले कुनै चन्दा संकलन नगरेको स्पष्ट पारेका छन् । तर सहयोगीहरुले स्वइच्छाले दिएको सहयोग भने स्वीकार गरेको बताए । ‘मन्त्रालय र अस्पताल प्रशासनलाई जानकारी गराएर, रसिद दिएर सहयोग स्वीकार गरेका छौं, उनले भने अस्पतालमै आएर कसैले हामीलाइ सहयोग दिन्छ भने कसरी अस्वीकार गर्ने ?’

उनले अस्पताल निर्माणका लागि आफ्नो फाउण्डेशनलाई १४ लाख ६४ हजार ८६५ रुपैया सहयोग प्राप्त भएको बताए । उनले अहिले सम्मका अभियानमा संकलन भएको रकम र खर्च बिबरण सबै सामाजिक संजालमा सार्वजनिक रुपमा राखेको बताएका छन् । ‘यदि हामी अपारदर्शी थियौ भने हाम्रो सामाजिक संजाल ९वेव साइट० मा प्राप्त भएका सबै सहयोग रकम सार्वजनिक गरेका छौं, त्यसो किन गर्थ्यौं, उनले भने हामीले सबै छर्लङ पारेका छौं ।’महाअभियानमा लागेका हामीलाई यस्तो आरोप लाग्दा भएंकर चित्त दुख्यो, त्यस प्रति आपत्ती छ उनले भने काम बन्द गरेर खर्च बिबरण प्रस्तुत गर्नुपर्दा नराम्रो लागेको छ ।’


प्रतिक्रिया दिनुहोस्