Logo

सिद्धबाबामा ढुंगा खस्दा एकको मृत्यु

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डमा ढुंगा खसेर एक जनाको ज्यान गएको छ ।मोटरसाईकलमा सवार रम्भा गाउँपालिका–४ का ३४ वर्षीय मोहन रेश्मीको माथिबाट खसेको पहिरोले पुरिएर ज्यान गएको जिल्ला  प्रहरीले कार्यालय पाल्पाले जनाएको छ । रेश्मी शुक्रबार बिहानै नेपालगञ्ज हिँडेका उहाँका आफन्तले जनाएका छन् ।पहिरोका कारण विहीबार रातिदेखि अवरुद्ध पाल्पा बुटवलको बाटो शुक्रबार बेलुकी ५ बजे मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको  छ ।

उज्यालो अनलाईनबाट 


प्रतिक्रिया दिनुहोस्