Logo

‘इलनले अन्तरिक्ष पठाएको कार पृथ्वीमा खसेको छ र त्यसले मलालालाई थिच्यो !’

मलाला युसफजाई र इलन मस्क आ–आफ्नो क्षेत्रका सेलेब्रेटी हुन् । मानव अधिकार अभियानकर्मी मलाला र अर्बपति कार निर्माता मस्कसँगै भएको खबर अक्सर आउँदैन ।तर एक ब्यङ्ग वेबसाइट क्लिकहोलले लेखेको एक प्यारोडी समाचारले यो अबस्थालाई बदलिदिएको छ । बुधबार क्लिकहोलले “इलनको लागि अझ नराम्रो खबरः इलनले अन्तरिक्षमा पठाएको कार पृथ्वीमा खसेको छ र यसले मलाला युसफजाईलाई थिच्यो ।” शीर्षकका एक आलेखको लिन्क ट्वीट ग¥यो ।

मक्सले पत्रिकाहरुमा आफ्नो कार उत्पादनको बारेमा खराब समाचार आउन थाले पछि केही दिन अघि आफूले समाचारहरुको रेटिङ्ग गर्ने वेबसाइट खोल्ने चेतावनी दिएका थिए ।ट्वीट मार्फत मक्सले गरेको यो टिप्पणीपछि प्रेसमा मक्सको निक्कै आलोचना भएको थियो । मक्सले व्यवसायीको रुपमा स्टीभ जब्सले पाए पछिको लोकप्रियता मिडियाहरुकै कारणले पाएको सम्झाउँदै उनको यस्तो मन्तव्यले कालान्तरमा उनलाई नै घाटा हुने प्रेसको आम धारणा थियो ।

तर मक्सले व्यङ्ग वेबसाइटमा आएको यस काल्पनीक खबरलाई भने हल्का रुपमा लिए । क्लिकहोलले समाचारको लिङ्क ट्वीटरमा हाले लगत्तै ट्वीटरमा सक्रिय रहेका मक्सले आफ्नो कम्पनीको यो काल्पनिकदुर्घटनाबारेको खबरमा ठट्टा गर्दै ट्वीट गरे : “हेल अफ ए वीक (एकदमै खराब हप्ता) ।” तर यस ठट्टामा मलाला आफैं यस ठट्टा गर्दै सहभागी भए पछि अवस्था झनै रमाइलो भयो ।

ट्वीटरमा मलालाले इलन मस्कलाई ‘मेन्सन’ गर्दै लेखेकी छिन् “अर्को लोकबाट हेल्लो !”त्यसको प्रतित्युत्तर दिँदै मस्कले भूतको इमोजी सहित ‘हाई’ फर्काए ।त्यसपछि मलालाले लेखेको ट्वीट झनै रमाइलो थियो । उनले इलनलाई आफूलाई थिचेको उनको कार फिर्ता नदिने भन्दै टवीट् गरिन् ।“उसो त उक्त कार म आफैं राख्नेछु,” मलालाले ट्वीटमा भनेकी छिन् ।

यो रमाइलो अन्तक्रिया भएको केही समय पछि ट्वीटरमा यो अन्तक्रियाको चर्चा हुन थाल्यो । एक प्रयोगकर्ताले रमाइलो मान्दै ट्वीट गरेकी छिन्, “ मैले हाँसो थाम्न सकिन । अहिले रातको ११ बजेको छ, मेरा श्रीमान र बच्चाहरु मेरो दिमाग खुख्केको ठानिरहेका छन् ।”अरुले प्रयोगकर्ताहरुले पनि यो अन्तक्रियामा रमाइलो मानेर टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्