Logo

अब ९८ दिन सुत्केरी बिदा !

अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिन प्रस्ताव गरिएको छ ।कुनै गर्भवतिलाई उक्त विदा अपुग भए स्वास्थयकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ , विधेयकमा छ ।

भदौ मसान्तसम्म पारित गराउने तयारीसहित बनाईएको विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको १५ दिन प्रसुति स्याहार विदा पाउने छन् । यो खबर आजको कान्तिपुरदैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्