Logo

विपाशा बसु अस्पताल भर्ना

बलिउड अभिनेत्री विपाशा बसु मुम्बईको एक अस्पतालमा भर्ना भएकी छिन् । तमाम अनुमानका बीच विपाशाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी गराएकी छिन् ।उनले इन्स्टाग्राममा अस्पतालको बेडमा बसेको रमाइलो तस्बिरसमेत सेयर गरेकी छिन् । जुन तस्बिर उनकी बहिनी विजेयताले खिचेकी हुन् ।तस्बिरलाई एपको माध्यमबाट ‘फन्नी लुक’ दिइएको छ । तस्बिरमा उनको हातमा मोबाइल र पट्टी लगाइएको छ । तस्बिरसँगै विपाशाले लेखेकी छिन्, ‘जब सानी बहिनी अस्पतालको ड्युटीमा हुन्छिन्, अनि यस्तै हुन्छ ।’

यसभन्दा अघि विपाशाले ट्विटमार्फत आफ्ना फ्यानहरूलाई सम्बोधन गर्दै लेखेकी थिइन्, ‘केवल एक ब्याक्टेरियाको संक्रमण मात्रै हो । चाँडै स्वस्थ भइहाल्छु ।’यद्यपि, मिडियाले भने विपाशालाई श्वास–प्रश्वाससम्बन्धी समस्या भएकाले मुम्बईको एक अस्पतालमा भर्ना भएको बताएका छन् । विपाशा केही समयदेखि अस्पताल आवत–जावत गरिरहेकी थिइन् ।यसकारण केहीले उनी गर्भवती भएको अनुमान पनि गरेका थिए । विपाशाले करणसिंह ग्रोबरसँग सन् २०१६ मा विवाह गरेकी थिइन् ।

[youtube https://www.youtube.com/watch?v=VSsEA4e3_DQ]

प्रतिक्रिया दिनुहोस्