Logo

गायक कर्ण र कमलाको स्वरमा “यस्तो होस् माया हाम्रो” बोलको गीत सार्वजनिक….(हेर्नुस् भिडियो)

काठमाडौ- गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा “यस्तो होस् माया हाम्रो” बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको उक्त गीतमा पछिल्लो समयका चर्चित मोडल बिमल अधिकारी र सनिषा भट्टराईको अभिनय देख्न सकिन्छ। डान्सिङ नम्बरको गीतमा दिग्गज धौरालीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीत डान्सिङ नम्बर भएता पनि पूर्ण रुपमा रोमान्टिक रहेको गायक कर्णले बताए ।

उनले भने, ‘फेस्टिभलको माहोल आइरहेकाले हामीले रोमान्टिक गीतलाई त्यहि शैलीमा तयार गरेका हौँ । यसमा हामीले माया यस्तो होस् भनेर देखाएका छौँ ।’ उनले अहिलेको पुस्तालाई पचासको दशकको माया प्रेम रमाइलो लाग्ने बताए ।

बिमल र सनिषाको जोडी गीत अनुसार सुहाएको प्रतिक्रिया कमेन्टमा प्राप्त भईरहेको छ । गीतसंगीतकै आकर्षणले भिडियोमा जोडिएको बिमल र सनिषाले बताए । भिडियोमा विक्रम चौहानको निर्देशन र नृत्य निर्देशन रहेको छ । यसमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर करेक्सन रहेको छ । थरि-थरीका गीत गाएर चिनिएका गिरीले यस पटक भने फरक प्रस्तुतिका साथ् दर्शक माझ देखिएका छन्।

भिडियो सहित:-

प्रतिक्रिया दिनुहोस्