Logo

वरिष्ठ कलाकर्मी किरणले चिनेनन् १० बर्ष देखि एउटै क्षेत्रमा भएका कलाकार

सुरक्षा भट्टराई काठमाडौँ । चलचित्र क्षेत्रमा एक चलचित्रकर्मी ले अर्को चलचित्रकर्मीलाई घोच्याउनु छड्के हान्नु कुनै नौलो कुरा होईन् तर चिन्दै चिन्दीन भन्नु भने लाजमर्दो कुरा हो ।

चलचित्र अमेरिका बोईजको सेलिब्रेटी शोमा पनि वरिष्ठ हाँस्य कलाकार तथा निर्माता किरण के .सी ले पनि चलचित्र अमेरिकन बोईज हेर्न जाँदा कलाकार चिनेनन् उनले नत अर्पण थापालाई चिने नत  अभय बराल र आषिष प्रसाईलाइ नै चिने । साच्चीकै किरण केसी यि तिनै कलाकारलाई चिनेकै थिएनन् त ? भनीन्छ चलचित्र क्षेत्र सानो छ जो जहाँ पनि ठोकिन्छ गएको ७,८ बर्ष यताबाट अर्पण थापाले नेपाली चलचित्र क्षेत्रमा काम गदै आएका छन् , सायदै चलचित्र नगरीमा उनलाई नचिन्ने कमै होलान् अझ एक निर्माता भएर अर्को निर्माता लाई चिन्दिन भन्दा अलि अपज हुन सक्छ ।

यदिकोहि नयाँ कलाकार चलचित्रमा डेव्यु गरेको भए र त्यो कलाकार नचिन्नु कुनै ठुलो कुरा होईन तर ८ बर्ष देखि एउटै चलचित्र क्षेत्रमा भएर चिन्दिन भन्न वरिष्ठ कलाकारलाई अलि नसुहाउदो हुन सक्छ ।

के साच्चै नै किरण ले अर्पण ,अभय र आषिषलाई चिनेका थिएनन् त ?

प्रतिक्रिया दिनुहोस्