Logo

‘बाबु कान्छा’ टीजर रिलिजमा १७ बर्ष अगाडीका सलोन र अहिलेका सलोन

अभिनेता सलोन बस्नेतको फिल्म ‘बाबु कान्छा’ को टीजर सार्वजनिक भएको छ । यसमा १७ वर्ष अघि उनले पहिलो पटक अभिनय गरेको तथा अभिनेता भुवन केसी अभिनीत फिल्म “नेपाली बाबुु” को एक इमोशनल सिन पनि राखिएको छ ।

१७ वर्ष अघिको बालक र १७ वर्षपछिको जवान सलोनको लुक्सलाई टीजरमा देखाउन खोजिएको छ ।

यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गर्दैछन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।

उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ुकर्णवीरु को ुचन्द्रमा झैँ राम्री छौु गीतलाई रिमिक्स गरेका छन् । यो फिल्म असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्