Logo

यसकारण नरगिसले कहिले लगाइनन् सुनिल दत्तले दिएका साडी

सुनिल दत्तको जन्म जून ६ तारिखमा पंजाब राज्यको झेलम जिल्लास्थित खुर्दी गाउँमा भएको थियो । उनको वास्तविक नाम बलराज दत्त थियो । सुनिलले आफ्नो करियर रेडियोबाट सुरु गरेका थिए । उनी रेडियो सिलोनमा हिन्दीका सबैभन्दा प्रसिद्ध कार्यक्रम प्रस्तोता थिए । एक सानदार अभिनेताका सागै उनी एक सफल राजनेता पनि थिए । उनको जन्मदिनमा उनको जीवनसँग जोर्डिका केही रोचक कहानी बताउँदैछौंः

– सुनिल दत्त पहिले रेडियोमा काम गर्दथे । उनीभित्र अभिनेता बन्ने इच्छा थियो त्यसकारण उनी मुम्बई पुगे । सन् १९५५ मा फिल्म ‘रेलवे स्टेशन’ मार्फत आफ्नो फिल्मी करियरको सुरुवात गरे ।

– उनको नाम अगाडि स्टार त्यतिबेला लाग्यो जब सन् १९५७ मा उनको फिल्म ‘मदर इन्डिया’ रिलिज भयो । यो फिल्मले उनलाई बलिउडको फिल्म स्टार बनाइदियो ।

– सुनिल दत्तको वास्तविक जीवन पनि कुनै हिरोभन्दा कम थिएन । सन् १९५७ मा बनेको महबूब खानको फिल्म मदर इन्डियाको सुटिङका बेला आगो लाग्यो । त्यतिबेला सुनिल दत्तले नरगिसलाई बचाउने क्रममा नराम्रोसँग घाइते भए । पछि उनको यो फिल्म ओस्करका लागि पनि नोमिनेट भएको थियो ।

– सुनिल दत्त र नरगिससँग जोडिएको एउटा रोचक किस्सा पनि छ । सुनिल दत्त बाहिर जाँदा नरगिसका लागि सधैं साडी ल्याउँथे तर नरगिसले सुनिलले किनिदिएको साडी कहिले पनि लगाइनन् किनभने सुनिलले ल्याइदिएको साडी उनलाई सुहाउँदैनथे ।

– सुनिल दत्तका थुप्रै उत्कृष्ट फिल्म छन् जुन दर्शकको मानस्पटलमा आज पनि ताजा छ । जसमा साधना (सन् १९५८), सुजाता (सन् १९५९), मुझे जीने दो (सन् १९६३), वक्त (सन् १९६५), खानदान (सन् १९६५), पडोसन (सन् १९६७) र हमराज (सन् १९६७) आदि छन् ।

– सुनिल आफ्ना बच्चालाई निकै प्रेम गर्दथे । जब उनका छोरा संजय दत्तलाई लागुऔषधको लत लाग्यो तब उनले संजयलाई त्यसबाट बाहिर निकाल्नका लागि अत्यधिक दुःख गरे । उनले संजयलाई उपचारका लागि अमेरिकामा एक नशा उन्मूलन केन्द्र लिए । जहाँ लामो उपचारपछि संजय दत्तले लागुऔषधलाई बाइबाइ गरे ।

– सुनिलले नरगिसको मृत्युपछि ‘नरगिस दत्त मेमोरियल क्यान्सर फाउन्डेशन’ को स्थापना गरे । यतिमात्र होइन, हरेक वर्ष उनको यादमा ‘नरगिस अवार्ड’ पनि दिन सुरु गरे ।

एजेन्सी 


प्रतिक्रिया दिनुहोस्