Logo

२९ दिनमा सकियो रेखाको ‘मालिका’ छायांकङ

 

काठमाडौँ । अभिनेत्री रेखा थापाको नयाँ चलचित्र ‘मालिका’ को सम्पूर्ण छायांकन सकिएको छ । छायांकङ सुरु गरेको २९ दिनमा चलचित्रको सम्पूर्ण सुटिङ सकिएको हो । सुटिङ सकेर निर्माण टिम काठमाडौं र्फकेको छ ।

रेखा आफ्नै निर्माण, निर्देशन तथा अभिनय रहेको यस फिल्ममा जाजरकोटकी १४ वर्षीय बालिका कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको छायांकन जाजरकोटसहित काठमाण्डौं, बनेपा, बाँकेलगायत क्षेत्रमा गरिएको छ ।

नर बहादुर कार्की निर्माता रहेको ‘मालिका’ को कथा पनि कार्कीकै हो । शिवम् अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै, फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ । यसमा निर्माताको रुपमा सरस्वती थापा र तारा थापा रहेका छन् । ुमालिकाु बालविवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ । यस फिल्मलाई रेखाले तिहारमा रिलिज गर्ने घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्