Logo

सलमान खान फेरी टेन्सनमा, समाचार पढेर थाहा पाउनुहोस् के भएको छ ?

अरबाज खानका कारण बलिउड अभिनेता सलमान खान र उनको टिम अप्ठ्यारोमा परेको छ । अरबाज आइपिएल सट्टेबाजी काण्डमा मुछिएका कारण सलमान निकै अप्ठ्यारोमा परेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्म ‘रेस–३’को रिलिज हुन धेरै दिन बाँकी छैन । तर, फिल्मको प्रमोसनका दौरान सलमानले बारम्बार आफू त्यो काण्डमा संलग्न नभएको बताउनुपरेको छ । सोही कारण फिल्मको प्रमोसनमा उनी खुलेर लाग्न नसकेको बताइएको छ ।

मिडियाका अनुसार अरबाजको सट्टेबाजी काण्डका कारण पूरै खान परिवारले नै लज्जित र अपमानित महसुस गरिरहेको छ । सलमानको हरिण काण्डले हैरान भएको खान परिवारले अरबाजको सट्टेबाजी प्रकरणका कारण थप अप्ठ्यारो महसुस गरेको बताइएको छ ।

आफ्नो फिल्मको प्रमोसनका लागि जुनसुकै तरिका पनि अपनाउन तयार सलमानलाई भाइको सट्टेबाजी काण्डका कारण लुकीलुकी हिँड्नुपरेको भारतीय मिडियाको दाबी छ । अरबाजबारे सवाल गरेर हैरान र बेइज्जत गर्ने डरले पनि सलमान बाहिर नआएको दाबी मिडियाले गरेका छन् ।

यसले सलमानको फिल्म ‘रेस–३’को व्यापारलाई ठूलो नोक्सान पु-याउने आकलन गरिएको छ । अघिल्लो फिल्म ‘ट्युबलाइट’को प्रमोसन व्यापक गरेका सलमानले यसपटक भने त्यसो गर्न नसकेको बताइएको छ ।

प्रमोसनका लागि र सट्टेबाजी काण्डलाई लुकाउन सलमानले आफ्नी प्रेमिका युलिया बन्तुरलाई स्टेजमा ल्याएर नचाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्