Logo

रजनीकान्तको फिल्मका लागि भारतमा बिदा घोषणा

साउथका सुपरस्टार रजनीकान्तको आउँदै गरेको फिल्म ‘काला’को रिलिज मिति नजिकिएसँगै दर्शकमा उत्सुकता झन् बढेको छ ।

रजनीकान्तको फिल्म ‘काला’लाई लिएर दर्शकको उत्साह यति धेरै बढेको छ कि केरला राज्यको एक निजी कम्पनीले फिल्मको रिलिज मितिको दिन बिदा नै घोषणा गरेको छ । फिल्म ‘काला’ ७ जुन (आज)मा प्रदर्शन भइरहेको छ ।

भारतीय मिडियाका अनुसार केरलाको एक आइटी कम्पनीले रजनीकान्तको सम्मानका लागि ७ जुनमा बिदा घोषणा गरेको हो । कम्पनीले वक्तव्य नै जारी गरेर बिदाको घोषणा गरेको छ ।

‘काला’मा रजनीकान्त मुम्बई धारावीको एक ग्यांगस्टारको भूमिकामा देखिँदै छन् । यस फिल्ममा हुमा कुरेसी, नाना पाटेकर र अञ्जली पाटिल पनि मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्