Logo

पूजा बोहोराको पत्रकार सम्मेलनको दुई दिनपछि रक्षा नेपालकी मेनुकाले मुख खोलिन् !

काठमाडौं–सामूहिक बलत्कारको शिकार भएकी पूजा बोहोरा (नाम परिवर्तन) ले गत बिहिबार पत्रकार सम्मेलन गरेर आश्रय दिएको रक्षा नेपालले आफू सहित अन्य बालबालिकालाई यातना सहित शोषण गरेको बताएकी थिइन् ।
उनले सो संस्थाकी अध्यक्ष मेनुका थापाले संरक्षणको नाममा यातना दिने, हेरचाह नगर्ने र बाहिर खबर गरे ज्यान लिने धम्की दिएको बताएकी थिइन् । पत्रकार सम्मेलनपछि रक्षा नेपाल र उनले यातना दिएको समाचार सञ्चारमाध्यममा आएपछि आफ्नो फेसबुक ‘डिएक्टिभ’ गरेर बसेकी थापाले पुन फेसबुक खोलेर आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

उनले आफूमाथि लागेको आरोपबारे सम्बन्धित निकायलाई छानविन गर्न आग्रह गर्दै आफूले गल्ति गरेको भए सजाए भोग्न तयार रहेको बताएकी छिन् । उनले फेसबुकमा भनेकी छिन्ः आदरणीय मित्रजन नमस्कार, मिडिया मार्फत सार्बजनिक भएको पुजा बोहराको अपिल पछि मैले बोल्दा पनि गल्ति ढाकछोप गर्न लागेको आरोप आउथ्यो, नबोल्दा पनि गल्ति लुकाउन खोजेको हुन्थ्यो । मेरो सबैलाई आग्रह छ–म माथि जे जे आरोप हुन् त्यसको सम्बन्धित निकायले एक एक छानबिन गरोश, गल्ति भेटिएमा सजाए दियोश, यसको साथै सम्पूर्ण मिडियाकर्मी मित्रजन लाई सन्तुलित भएर दुवै पक्ष को कुरा राखीदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्