सरकारले जेनजीसँग गरेको सम्झौताप्रति कड्किए ओली, सुशीला कार्कीले भद्दा नाटक गरेको आरोप

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जेनजी र सरकारबीच भएको सम्झौताको आलोचना गरेका छन् । उनले यसलाई कलाविहीन भद्दा नाटक भनी टिप्पणीसमेत गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको सम्पादकहरुसँगको संवाद कार्यक्रममा ओलीले अहिलेको सरकारले यस प्रकारको सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो भन्ने प्रश्न गरे । वर्तमान सरकार नागपञ्चमीमा घरमा कसैले गोबर लगाएर टाँसिदिएको…