Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

पिकनिक गएका बेला खिचेको छोराको फोटो घरमा हेर्दा आमाको उड्यो होस्


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

इंगल्याण्डको नर्थम्बरल्याण्ड अनौठो घटना भएको छ । पिकनिक गएका बेला खिचेको छोराको फोटो घरमा आएर हेर्दा आमाको होस् नै उडेको छ ।

पिकनिक गएका बेला रुखमा छोराको फोटो खिचिएको थियो । त्यसबेला छोरा एक्लैको फोटो खिचिएको थियो । तर, घरमा आएर त्यो फोटो हेर्दा छोरासँगै अर्को मान्छे देखेपछि आमा आत्तिएकी हुन् । को थियो त्यो मान्छे ? त्यो मान्छेले छोरालाई समाउने खोजेको देखेपछि आमाको झनै आत्तिएकी हुन् ।

बालक र महिला जस्तो देखिने त्यो अपरिचित व्यक्तिलाई भूत सम्झेर आमा डराएकी हुन् ।
नर्थम्बरल्याण्डस्थित प्लेसी वुड्स कन्ट्री पार्कमा परिवारसँग पिकनिक गएका बेला लाउराले ९ वर्षीय छोरा बाइरिन वाट्सन थुप्रै तस्बिर खिचेकी थिइन् । तर, त्यसमध्ये एउटा तस्बिर त्यस्तो देखिएको हो ।

मेडिकल रिसेप्सनिष्ट समेत रहेकी लाउरा नाम गरेकी ती महिलाले फोटो घर आएर हेर्दा बाइरिनको पछाडि अर्को बालकको फोटो देखेपछि उनी तर्सिएकी हुन्। मेडिकल रिसेप्सनिष्ट समेत रहेकी लाउराले भूतबारे पहिले विश्वास नगर्ने भएपनि उक्त फोटोले भूतप्रति विश्वास जगाएको बताएकी छन् ।