आफ्नै आमालाइ दुर्व्यबहार गरेको सहन नसकेपछि कांभ्रेका १७ बर्षीय किशोरले एक जना युवकको हत्या गरेका छन् । सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय लक्ष्मण भनिने बसन्त खड्काले ३५ वर्षीय युवाको हत्या गरेका हुन् ।
आफ्नो बुबाको निधन भएपछि ३५ बर्षीय इश्वर थापाले पटकपटक आफ्नो आमालाई दुव्र्यबहार गरेको खड्काले आरोप लगाएका छन् । उनीहरु त्यहीबाट झगडा भएको थियो । कांभ्रेको बनेपा वडा नम्वर ११ धनेश्वरमा उनले गत मंगलबार ३५ वर्षीय युवालाई हत्या गरेर फरार भएका थिए ।
फरार रहेका उनलाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरी समक्ष बयान दिँदै उनले आफ्नो आमालाइ दुव्र्यबहार गरेको सहन नसकी हत्या गरेको बयान दिएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार अभियुक्तकी आमासँग मृतक ईश्वर थापाले जबरजस्ती नागरिकता र लालपूर्जा थुतेर लगेपछि घटनाले उग्ररुप लिएको थियो ।
अभियुक्त खड्का र उनका आफन्त बनेपा ४ नालाका राजु सिग्देलले नागरिकता र लालपूर्जा माग्न जाँदा राति नै हत्या गरेर फरार भएका थिए ।फरार भएका अभियुक्त बसन्त खड्का र राजु सिग्देललाई प्रहरीले विराटनगरबाट पक्राउ गरि ल्याएको थियो । खड्का अहिले कक्षा ११ मा अध्ययनरत छन् ।
प्रतिक्रिया