Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 256

श्रीमतीलाई गराइदिए प्रेमीसँग विवाह, विदाई गर्दा मज्जाले रोए श्रीमान्


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 29

बलिउडको ब्लकबस्टर फिल्म ‘हम दिल दे चुके सनम’ को स्क्रिप्ट झैं भारतको कानपुरस्थित एक श्रीमानले विवाहको तीन महिना नबित्दै श्रीमतीलाई उनका प्रेमीसँग विवाह गराइदिएका छन् ।

गत बुधबार सानिग्वान गाउँमा पुलिसको रोहबरमा गोलु भनिने सुजितले आफ्नी श्रीमती शान्तीको विवाह लखनउ बस्ने उनका प्रेमी रविसँग गराइदिए । सानिग्वानका स्थानीय सुजितले श्याम नगरकी शान्तीसँग गत फेब्रुअरी १९ तारिखमा विवाह गरेका थिए । उक्त विवाह हिन्दु रितिरिवाज अनुरुप भएको थियो । यद्यपी, १५ दिनपछि शान्ती माइती गइन् ।

‘शान्ती निकै दिनसम्म पनि फर्किनन् । सुजितले घर नफर्कनुका कारणबारे शान्तीलाई सोधे । सुरुमा त उनले सुजितको प्रश्न बेवास्ता गरिन् । तर एकदिन शान्तीले सुजितको अगाडि रुँदै अरुलाई नै माया गर्ने बताउँदै सुजितसँग परिवारको दबाबमा परेको विवाह गरेको बताइन्,’ स्रोतले भन्यो ।

सुजित यो सबै सुनेपछि सुरुमा त चिन्तित भए तर पछि उनले श्रीमतीलाई उनका प्रेमीसँग विवाह गराइदिने बचन दिए । यसका लागि सुजितले आफ्नो परिवारलाई पनि मनाए ।

‘त्यसपछि उनले रविलाई भेटे । रविले पनि शान्तिसँगको आफ्नो सम्बन्ध स्विकारे । त्यसपछि उनले विवाहको योजना बनाए र यसबारे पुलिसलाई पनि सुचित गरे,’ स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले बतायो ।

त्यसपछि बुधबार उनीहरु सानिग्वानको हनुमान मन्दिरमा विवाहका लागि जम्मा भए । उनीहरुको विवाहमा थुप्रै स्थानीय पाहुनाको उपस्थिती थियो ।

‘सुरुमा नकारात्मक कुराहरुले डेरा जमाएका थिए । मैले दुबैको हत्या गरिदिन्छु भनेर पनि सोचें तर मैले यसो गरेँ भने तीनजनाको जीवन र उनीहरुको परिवार बर्बाद हुने सोचें । त्यसकारण घरका सदस्य र स्थानीयसँगको सल्लाहपछि मैले खुसीसँग जीवनयापनका लागि निष्कर्ष निकालें,’ सुजितले भने ।

प्रेमीसँग विवाह गरेपछि शान्तीले भनिन्, ‘मलाई पूर्ण विश्वास थियो कि मैले आफ्नो प्रेम पाउनेछु । यसका लागि म गोलुको सहयोग जीवनभर बिर्सने छैन ।’

प्रेमी रवीका अनुसार दुबै एकअर्कालाई निकै माया गर्छन् । उनी भन्छन्, ‘हाम्रो सम्बन्ध तीन वर्ष पुरानो हो । हामी एक मिसकलमार्फत साथी बनेका थियौं । आज हाम्रो प्रेमले पूर्णता पाएको छ ।’

विवाहपछि विदाईका क्रममा सुजित क्वाँक्वाँ रोएको बताइन्छ ।