Logo

विश्वकप सुरु हुनै लाग्दा म्याराडोनाको त्यो ऐतिहाँसिक गोलको सर्वत्र चर्चा, यसरी गरेका रहेछन् शताब्दीकै उत्कृष्ट गोल

फुटबलका पर्यायवाची मान्छिन् पेले र डिएगो म्याराडोना । उनीहरुको चर्चा र तारिफ जति गरे पनि कम नै हुन्छ । जबजब विश्वकपको समय सुरु हुन थाल्छ त्यतिबेला यि चर्चित हस्तिहरुको सम्झना पटक पटक भइरहन्छ । यतिबेला पनि २३ जुन १९८६ को दिनलाई सम्झिइरहेको छ मिडियाले । कारण हो म्याराडोनाले गरेको इंग्ल्यान्डविरुद्ध यादगार दोस्रो गोल । जुन पछि शताब्दीकै उत्कृष्ट गोलमा दरिन पुग्यो। जुन गोल गर्ने उनका भाई म्याराडोनासँग रिसाएका थिए ।

म्याराडोनाले सन् २००० मा प्रकासित आत्मबृतान्त ‘म डिएगो हुँ’मा भनेका छन् मैले दोस्रो गोल भाईले भने जस्तै गरी गरें। १३ मे १९८१ मा मैले यस्तै तरिकाले गोल गरिसकेको थिएँ। त्यतिबेला मेरो भाई टुको मसँग खुब रिसाएको थियो।भन्थ्यो, ‘तिमी काम नलाग्ने मान्छे हौं।

गोलकिपरलाई आफ्नो नजिक आउन दिने प्रयत्न पनि गरेनौं। तिमीले यो गोललाई अझ रोचक बनाउन सक्थ्यौ।’ त्यति भनेर ऊ मसँग फन्क्क फन्कियो। म चकित परेँ। उसलाई गाली गर्न थालें, ‘तँ घटिया मान्छे। त्यत्तिकै मलाई गाली गर्छस्। टेलिभिजन हेरेपछि थाहा पाउँछस्, मैले कस्तो गोल गरें भनेर।’ तर भाईले सिकाएको तरिकाले उनी अहिले पनि प्रभावित भएको तर्क गर्छन् उनी । िहेर्नुहोस् शताब्दीकै उत्कृष्ट गोल यसरी गरेका थिए म्याराडोनाले । [youtube https://www.youtube.com/watch?v=1wVho3I0NtU]

प्रतिक्रिया दिनुहोस्