Logo

वेस्टइन्डिज ‘ए’ विरुद्ध सागरले लिए एकै ओभरमा २ विकेट

काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध नेपालले एकै ओभरमा २ सफलता हात पारेको छ । टस हारेर फिल्डिङ गरिरहेको नेपालले तेस्रो ओभरमा लगातार २ विकेट झारेको हो । खेलको २।२ ओभरमा सागर ढकालको बलमा एलिक एथानाजे आउट भएका छन् । उनी ६ बलमा ६ रन जोड्दै आउट भए ।

त्यस्तै २।५ ओभरमा सागर ढकालको बलमा जोनसन चार्ल्स आउट भएका छन् । उनी ९ बलमा ११ रन जोड्दै आउट भएका हुन् ।

यसअघि शनिबार भएको पहिलो खेलमा नोपल ४ विकेटले विजयी भएको थियो । वेष्टइन्डिजसँग नेपालले ५ वटा टी २० खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्