Logo

भुर्तेलले लाईअर्को सफलता वेस्टइन्डिजको चौथो विकेट

काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

त्रिवि मैदानमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालको लागि खेलको १३।२ ओभरमा कुशल भुतेृलले विकेट निकालेका हुन् । भुर्तेलको बलमा केसी कार्टी आउट भएका छन् । उनी ९ बलमा १० रन जोड्दै आउट भए ।

यसअघि ९।६ ओभरमा कुशल भुर्तेलले नै तेस्रो विकेट लिएका थिए । कुशल भुर्तेलको बलमा रोस्टन चेश आउट भएका छन् कुशलको बल भएपछि चेश २२ बलमा २३ रन बनाउँदै बोल्ड आउट भएका हुन् ।

यसअघि खेलको २।२ ओभरमा सागर ढकालको बलमा एलिक एथानाजे आउट गरेका थिए। उनी ६ बलमा ६ रन जोड्दै आउट भए ।

त्यस्तै २।५ ओभरमा सागर ढकालकै बलमा जोनसन चार्ल्स आउट भएका छन् । उनी ९ बलमा ११ रन जोड्दै आउट भएका हुन् ।

ताजा अवस्थामा वेष्टइन्डिजले १४ ओभरमा ४ विकेट गुमाएर ८४ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्