Logo

बेलायतबाट हराएको विश्वकपको ट्रफी चोर्ने दुईजनाको नाम ५२ बर्ष पछि खुलासा

एजेन्सी – सन १९६६ मा बेलायतबाट हराएको विश्वकप ट्रफी चोरीमा संलग्न गिरोह पत्ता लागेको छ । जुल्स रिमे ट्रफीको नामले चिनिने विश्वकपको ट्रफी इंग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा १ महिना अगाडि हराएको थियो ।

ट्रफी चोर ५२ बर्षपछि पत्ता लागेको अन्तराष्टिय सन्चार माध्यमहरुले जनचाएका छन् । तर ट्रफी चोर्ने दुवैजनाको मृत्यु भइसकेको छ ।

लण्डनका हुल्याहा सिड्नी क्युगुलेरले आफ्ना भाइ रेगको सहायतामा वेष्टमिन्स्टरको मेथडिस्ट सेण्ट्रल हलमा प्रदर्शनीमा राखेको बेला ट्रफी चोरेका थिए ।

यो पोल रेगका छोरा ग्यारीले स्थानीय पत्रिका द डेली मिररमार्फत खोलेका हुन् । त्यसबेला सिड्नी ४० बर्षका थिए ।

उनीहरुले पैसाका लागि नभई रमाइलोका लागि ट्रफी चोरेको ग्यारीले बताएका छन् । ‘ट्रफी पैसाको लागि नभई रमाइलोका लागि चोरिएको थियो’, उनले भने, ‘र यो काम सजिलो पनि थियो ।’

उनीहरुले ट्रफी चोरेको उनीहरुका केही नजिकका नातेदारले थाहा पाएपनि कसैले पोल खोलेनन् । त्यसैकारण यी हुल्याहा दाजुभाई बाँचुञ्जेल पक्राउ पनि परेनन् ।

सिड्नीले आफ्ना साथी टेड बेच्लीको सहायतामा ट्रफी फिर्ता गर्दा १५ हजार पाउण्ड फिरौति माग्ने योजना बनाएका थिए । तर बेच्ली पक्राउ परे र उनीहरुको योजना सफल हुन सकेन ।

साथी पक्राउ परेपनि सिड्नी भने पक्राउ परेनन् र विश्वमा तहल्का मच्चाउने विश्वकप ट्रफी चोर आजीवन पर्दा पछाडि नै रहन सफल भए । उनीहरुले त्यो ट्रफी झाडीमा लुकाएका थिए ।

ट्रफीलाई पिकल्स नामको कुकुरले ट्रफी पत्ता लगायो । सिड्नी सन् २००५ मा र रेग २०१२ मा मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्