Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

जंगली च्याउ खाएर एकै परिवारका तीनजना बिरामी परे, बाबु छोरा र बुहारी सिकिस्त


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान सिफारिस गरी पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । जंगलबाट ल्याएको च्याउ पकाएर खाएका उनीहरु बिरामी परेका हुन् ।