Logo

शनिवार रेसिपी : घरमै स्वादिष्ट चिकेन चिल्ली बनाउने सजिलो तरिका

सामग्री 

लाम्चो गरि काटिएको चिकेन, मैदा,

कागतीको रस, मरिचको धुलो, रातो खुर्सानीको धुलो, प्याजको पात, नुन,

अण्डा, सोयासस, प्याज, लसुन, चिल्ली सस, क्याप्सिकम, चिनी ।

विधि 

एउटा भाँडामा अण्डा, मैदा, मरिचको धुलो, सोया सस, नुन, खुर्सानीको धुलो, कागतीको रस राख्ने र राम्रोसंग मिक्स गर्ने ।

त्यो मिक्समा मासु राख्ने र त्यसलाई छोपेर एक घण्टासम्म यत्तिकै राख्ने ।

त्यसपछि मासुलाई डिप फ्राई गर्ने ।

एउटा भाँडोमा प्याज, क्याप्सिकम, सोया सास, लसुन, नुन र सबै मसला पकाएर ग्रेभी तयार गर्ने ।

ग्रेभीमा फ्राई गरिएको मासु राखेर मिक्स गर्ने र केही छिन पकाउने ।

प्रतिक्रिया दिनुहोस्