Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 256

श्रीमतीको अर्कै केटासँग लभ परेको थाहा पाएपछि श्रीमानले गरिदिए धुमधामसँग विहे


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 29

भारतको उत्तर प्रदेशमा एक उदाहरणीय घटना भएको छ । जसको अहिले निकै चर्चा भइरहेको छ । सनीगाउँका सचित उर्फ गोलू गुप्ताको फतेहपुरकी शान्तिसँग गएको फेब्रुअरी १९ मा विवाह भएको थियो ।

पछि विवाह गरेकी आफ्नी श्रीमतीको अर्कै केटासँग अफेयर रहेको गोलूले थाहा पाए । त्यसपछि श्रीमतीको त्यही लभ परेको केटासँग बिहे गरिदिने सोचमा पुगे गोलू ।

गोलूले श्रीमती र श्रीमतीको ब्वाईफ्रेन्ड रविलाई तिमीहरुको विवाह गरिदिने बताए । तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेका दुर्वले गोलूको प्रस्तावलाई खुसीसाथ स्वीकारे । त्यसपछि गोलूको घरमा विवाहको तयारी सुरु भयो ।

विवाहको तीन जन्तीसहित आफ्नी श्रीमतीको ब्वाइफ्रेन्ड गोलूको घरमा आए । गोलूले सबै रीतिरिवाजअनुसार श्रीमतीको विवाह उनकै ब्वाइफ्रेन्डसँग गरिदिए । श्रीमतीलाई विवाह गरेर उसको ब्वाइफ्रेन्डको घर पठाउँदा अर्थात अन्माउँदा गोलू निकै रोएका भारतीय मिडियाले उल्लेख गरेको छ ।