प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन्। ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पोलेपछि अपांग बनेकी थिइन्।
विद्यालय पुग्न उकालो बाटोका कारण घस्रेर हिंड्नसमेत नसकेपछि बहिनीलाई बोकेर विद्यालय पुर्याउनुपरेको उनले बताए।
घरदेखि एक घण्टा उकालोमा पर्ने पूर्णागाउँ प्राविमा कक्षा ५ मा अध्यनरत घर्ती बहिनी बोकेर विद्यालय जान थालेको दुई वर्ष भयो। गत वर्ष मीना पनि विद्यालय भर्ना भएदेखि उनले यो जिम्मेवारी सम्हालेका हुन्। बुबाआमा घरमा खेती किसानमा जान्छन्।
गर्मीको समय उकालो बाटोमा बहिनी बोकेर विद्यालय पुर्याउन मुस्किल हुने उनी बताउँछन्। विद्यालयमा समेत बहिनीलाई शौचालय बोकेर लैजानुपर्ने उनले जानकारी दिए।
‘सुनीलले दैनिक बहिनी बोकेर विद्यालय ल्याउने/लग्ने गर्छन्,’ प्रअ शशिधर पण्डितले भने, ‘देख्दा निकै दया लाग्छ।’ उनले मीनालाई विद्यालयले अपांग छात्रावृत्ति प्रदान गरेको बताए।
बालिकालाई कतै आवासीय व्यवस्था हुन सके दाजु-बहिनी दुवैलाई राहत हुने थियो। इकान्तिपुरले यो समाचार प्रकाशित गरेको छ।
प्रतिक्रिया