Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 256

चिलिमे जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन बन्द


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 29

नुवाकोट – रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ । केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

“८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा त्यसमार्फत स्थानीय क्षेत्रमा प्रवाह गरिएको लाइनमा छोएर उच्च विद्युत् प्रवाह भएकाले उत्पादन बन्द गरिएको छ”– श्रेष्ठले भन्नुभयो, “अवरुद्ध भएको स्थानमा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रबाट प्राविधिक परिचालन गरिएको छ ।”

काठमाडाैंबाट आइतबार यहाँ आएका प्राविधिकले अवरुद्ध स्थानको अवलोकन गरेपनि वर्षा भइरहेको र अँध्यारो भएकाले सोमबारदेखि मात्र काम शुरु गर्ने जनाएका छन् ।

केन्द्रको विद्युत् उत्पादन बन्द हुँदा सोमार्फत रसुवाको आधा स्थान र त्यहाँ निर्माण भइरहेको रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

चिलिमे जलविद्युत् केन्द्रको उत्पादन बन्द हुँदा प्रतिघण्टा रु एक लाख ७१ हजार ८२० नोक्सान हुने गरेको छ । यसैबीच, चिलिमेबाट केन्द्रीय प्रशारण लाइनमा लगेको तार चुडिएर यहाँको स्थानीय क्षेत्रमा प्रवाह गरिएको २३० भोल्टेज तारमा उच्च क्षमताको विद्युत प्रवाह हुँदा उपभोक्ताको घरमा रहेको विद्युतीय उपकरणमा क्षति पुगेको स्थानीयवासी तथा नुवाकोट उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

उच्च विद्युत् प्रवाहबाट मिटरबक्स, सवामिटर, विद्युत् वाइरिङ, विद्युतीय सामग्री, बत्ती, रेडियो, टिभी, कम्युटरलगायत लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको भन्दै २५ परिवारले लगत संकलन गरी क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

निवेदनमा क्षतिको राहत नपाएसम्म मर्मतमा अवरोध पु¥याउने र स्थानीय विद्युत् प्रवाह गरेको स्थान माथिबाट चिलिमेको लाइन लैजान नदिने उल्लेख गरिएको छ ।