गर्मीको मौसममा कामकाजी अधिकांश मानिसहरुको पिसाव पोल्ने समस्या हुन्छ । सार्वजनिक स्थानमा शौचालयको कमीले कामकाजी मानिसहरु पर्याप्त पानी सेवन गर्दैनन्, जस कारण पिसाव पोल्ने समस्या हुन्छ । कतिपयलाई विभिन्न यौनरोगहरुको संक्रमणबाट, कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ ।
यी हुन् पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु:
१. बोटैमा पाकेको अर्गा्निक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।
२.गाजरको रस साँझ बिहान १/१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।
३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।
४. पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।
५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।
६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।
७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।.
प्रतिक्रिया