चुडामणि उप्रेती ‘गोरे’को समूहले दुबईबाट ल्याएको ३३ केजी सुन लुटपाटमा समेत छिरीङ वाङ्गेल संलग्नता रहेको सुन तस्करी छानविन समितीले निष्कर्ष निकालेको छ । छिरिङ लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको समितिको छानविनबाट खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
गत फागुन ९ गते दुबईबाट आएको ३३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सानु बन र पुण्य प्रसाद लामा ‘तक्ले’ ले पुरानो बानेश्वरस्थित चुडामणी उप्रेतीले संचालन गरेको अफिसमा जाँदै थिए । सोही क्रममा लुटेरा समुहले बानेश्वर र अनामनगर आसपासमा उक्त सुन लुटेपछि तस्करहरुले यातना दिने क्रममा सनम शाक्यकको हत्या भएको थियो । हेर्नुहोस सुन लुटेरा समुहबारे जानकारीले भरिपुर्ण यो भिडियो
प्रतिक्रिया