Logo

दुखद् खबर : नेपाली नागरिकलाई गोनी हानी मृत्युदण्ड दिन कतारी अदालतको आदेश

कतारको एक अदालतले नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड दिन आदेश दिएको छ । कतारको अदालतले हत्या आरोप लागेका महोत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिन आदेश दिएको हो ।

कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका उनलाई मृत्युदण्डको फैसला सुनाएपछि कतारस्थित नेपाली दूतबासले उनको जीवनरक्षाका लागि पुनरावेदन गराएको छ ।

हत्या अभियोगमा सन् २०१७ अप्रिलमा पक्राउ परेका चौधरीलाई कतारको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । नेपालीमाथि कतारमा भएको यो नै सबैभन्दा निर्मम सजाय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्