Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

मधेश, मधेश भन्नेहरुलाई प्रधानमन्त्रीले दिए यस्तो जवाफ–कहाँ थियो मधेश भन्ने देश, वाहियात कुरा गर्ने ?


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नाममा विखण्डनकारीको चलखेल देखा परेको भन्दै मधेश भन्ने देश कहाँ थियो ? भन्दै प्रश्न गरेका छन् । प्रदेश नम्वर ३ को संसदलाई सोमबार सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले विखण्डनकारी र देशद्रोहीलाई सहन नसकिने बताएका छन्।

‘स्वतन्त्र  ‘कहाँ थियो मधेश भन्ने देश ? वाहियात कुरा गर्ने’ ओलीले भने, ुस्वन्तन्त्र मधेश भन्या के हो ? वाहियात कुरा नगरौं,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धनुषाको बाह्रबिघामा नागरिक अभिनन्दन गर्दा दर्शकदीर्घाबाट स्वतन्त्र मधेशको ब्यानर देखाइएको थियो।

देशलाई विकास र सम्वृद्धिको बाटोमा लैजान हतार भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा अब हिंसा जरुरी नभएको बताए। उनले विप्लव नेतृत्वमा रहेको नेकपा माओबादीलाई हिंसाका गतिविधि छाड्न आग्रह गरेका छन्। ‘आफैं बुद्धि बिग्रिएको हो भने सच्याउनू। अर्काको लहैलहैमा लागेको हो भने पनि हिंसा छोड्नु’, उनले भने। हिंसा र विखण्डकारी चाहने तत्वलाई रोकिछाड्ने पनि उनले बताए।