धनाढ्य व्यापारी एलोन मक्सको निजी अन्तरिक्ष एजेन्सी स्पेसएक्सले यसै वर्ष एक जोडी अन्तरिक्ष पर्यटकलाई चन्द्रमाको परिक्रममा गर्न पठाउने योजनालाई सारेको छ। अर्बपति मस्कले स्थापना गरेको उक्त रकेट कम्पनीले सन् २०१८ को उत्तराद्र्धमा उक्त उडानको योजना बनाएको थियो तर यसलाई सन् २०१९ को मध्य वा त्योभन्दा पछाडि सारिएको वाल स्ट्रिट जर्नलले जनाएको छ। यसको कारण भने स्पष्ट पारेको छैन।
उक्त उडानको घोषणा सन् २०१७ को फेब्रुअरीमा भएको थियो। जसमा स्पेसएक्सले दुई अज्ञात नागरिकले उक्त यात्राका लागि पर्याप्त पैसा जम्मा गरेको उल्लेख गर्दै अन्य उडान टोलीले पनि त्यस्तै यात्राका लागि चासो व्यक्त गरेको जनाएको थियो। उक्त योजनाअनुसार ती अन्तरिक्ष पर्यटकलाई फाल्कन हेभी रकेटमार्फत पृथ्वीबाट ड्रागन क्रु अन्तरिक्ष यानमा राखी अन्तरिक्षमा पठाउने कार्यक्रम थियो। यस विषयमा तत्काल टिप्पणीका लागि स्पेसएक्सले अस्वीकार गरेको छ। नेपाल समाचारपत्रमा खबर छ ।
गत शुक्रबार मात्रै मस्कले बोइङको अन्तरिक्ष महŒवाकांक्षी योजनालाई चुनौती दिँदै स्पेसएक्सले भन्दा पहिला मंगल ग्रहमा मानव पु¥याउन भनेका थिए।
प्रतिक्रिया