साँढे ३३ किलो सुन तस्करी काण्डका खत्रीले सुरक्षा खतरा रहेको भन्दै थुनामा गोरेसँगै बस्न नमानेपछि झुम्का सारियो
Published :
5 June, 2018 4:01 pm
By :
appharu
On :
समाज
साँढे ३३ किलो सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका निलम्वित एसएसपी श्याम खत्रीलाई सुनसरीस्थित क्षेत्रीय कारागार झुम्का सारिएको छ।एसएसपी खत्रीले मोरङ कारागारमा चर्तित सुन तस्कर गोरे(चुडामणि उप्रेती) भएकाले आफूलाई सुरक्षा खतरा रहेको भन्दै झुम्का कारागारमा राख्न माग गरेपनि उनलाई झुम्का सारिएको बताइएको छ ।जिल्ला अदालत मोरङको थुनछेक आदेशपछि उनलाई मोरङ कारागारमा राखिएको थियो।एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।यस अघि गोरले पनि सुरक्षा खतराको कारण देखिएपछि उनलाई कडा सुरक्षामा राखिएको थियो ।