Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

३० अगष्टभित्र मलेसियामा रहेका अवैध कामदारलाई नेपाल फर्किन दूतावासको अपील


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

मलेसियास्थित नेपाली दूताबासले अवैधरुपमा कार्यरत नेपाली कामदारलाई आगामी अगष्ट ३० भित्र स्वदेश फर्किन अपील गरेको छ । मलेसियामा रहने अवैध विदेशी कामदारले मलेसियाको अध्यागमन कानून बमोजिम कारबाहीमा परी जेल तथा डिपोर्टेसन क्याम्पमा लामो समयसम्म बस्नुपर्ने हुनाले सो बाट जोगिन अवैध रुपमा बसिरहेका कामदारलाई ३० अगष्टभित्र नेपाल फर्किन आग्रह गरिएको हो ।

दूतबासले उक्त मितिभित्र रोजगारदाता खोजी रिहाइरिङ मार्फत नयाँ भिषा लाग्न नसक्ने हुँदा त्यसको भ्रममा नपर्न समेत आग्रह गरेको छ ।