Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 256

साउदी राजाले भनेपछि महिलाहरुले पनि पाए लाइसेन्स, यि हुन् लाइसेन्स बोक्ने साउदीका १० महिला


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 29

अन्तत साउदी अरेबियाले महिलालाई पनि सवारी चालक अनुमति पत्र दिन थालेको छ । चालक अनुमति पत्र सोमबारका दिन मात्र १० जना महिलालाई हस्तान्तरण गरिएको अन्तराष्ट्रिय समाचार स्रोतहरुले जनाएका छन् । त्यहाँ स्थानीय लाइसेन्स निर्देशनालयमा ति महिलाले साउदीको लाइसेन्स लिन आफूसँग भएको विदेशी लाइसेन्स बुझाएपछि उनीहरुलई लाइसेन्स दिइएको हो ।

सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्को सातासम्म २ हजार महिलाले लाइसेन्स पाउने अपेक्षा गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार यसअघि महिलालाई सवारी चलाउने अनुमति नदिने साउदी अरेबिया एकमात्र देशका रुपमा परिचित थियो ।

तर समय क्रममाले अब साउदी त्यो अवस्थामा रहेन । गत वर्ष सेप्टेम्बरमा साउदी राजाले इस्लामिक कानुनअनुसार महिलाले पनि लाइसेन्स पाउने घोषणा गरेपछि त्यहाँका महिलाहरु खुशी भएका थिए भने अन्तत अहिले ब्यबहारिक रुपमा नै लाइसेन्स पाउने बाटोमा पुगेका छन् ।