Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले दक्षिण कोरियामा सार्वजनिक रुपमै एक महिलालाई गिद्दे नजर लगाउदै ओठमा चुम्बन गरेपछि विश्वमै मच्चियो हंगामा, अहिले उनको चर्को आलोचना (भिडियोसहित)


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले दक्षिण कोरियामा सार्वजनिक रुपमै एक महिलालाई ओठमा चुम्बन गरेपछि उनको चर्को आलोचना भएको छ। दक्षिण कोरियाको राजधानी सोलमा करिब तीन हजार दर्शकमाझ सोमबार भएको कार्यक्रममा डुटेर्टेले विदेशमा रहेका फिलिपिनी कामदारहरुलाई सम्बोधन गरेका थिए। डुटेर्टेले एक पुस्तक उपहार दिनका लागि दुई महिलालाई मञ्चमा बोलाए।

पुस्तक उपहार दिइसकेपछि मञ्चबाट बाहिरिँदै गरेकी एक महिलालाई उनले फिर्ता बोलाए र सोधे, ‘तिमी विवाहित हौ?’ त्यसपछि डुटेर्टेले आफ्नो ओठतिर इसारा गरेर चुम्बनका लागि आग्रह गरे। ‘यो मजाक मात्रै हो भन्ने कुरा तिमी उसलाई भन्न सक्छौ नि?’ डुटेर्टेले भने।

बिया किम नामक ती महिला डुटेर्टेकी फ्यान थिइन्, उनले पुस्तक उपहार लिने बेलामै डुटेर्टेको हात चुमिसकेकी थिइन्। डुटेर्टेको चुम्बनको प्रस्तावले उनी खुसी भइन्।

चुम्बनपछि यो भिडियो भाइरल बनेको छ। ती महिलाले यसमा कुनै दुर्भावना नभएको स्पष्ट गरिसकेकी छन्।

तर डुटेर्टेका आलोचकहरुले उनले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्। महिला अधिकारकर्मीहरुको समूहले पनि उनको विरोध गरेको छ। कतिपयले डुटेर्टेको यो व्यवहार अनुचित भएको बताएका छन्। भिडियो :