Logo

सलमान खानले दिए आफनो भाईलाई कडा सजाय

आइपिएलमा सट्टेबाजीको आरोपमा पक्राउ परेका अरबाज खान झनै समस्यामा पर्दै गएका छन् । उनका दाजु सुपरस्टार सलमान खान उनीसँग निकै रिसाएको बताइएको छ । सलमानले पहिल्यै सट्टेबाजीबाट टाढै रहन भन्दै आएको भए पनि अरबाजले नमानेका कारण रिसाएका सलमानले अब भने उनलाई झनै कठोर सजाय दिने तयारी गरेका छन् ।

आफ्नो प्रोडक्सन हाउसबाट कुनै पनि हिट फिल्म नबन्दा घाटामा परिरहेका अरबाजको बाँकी रहेको एउटा आशा पनि सलमानले बन्द गरिदिएको समाचार छ । उनले भाइलाई सबक सिकाउन भन्दै बन्न लागेको फिल्म ‘दबंग–३’ को काम रोकिदिएका छन् । दबंगको तेस्रो भाग अरबाजको पेडक्सन हाउसबाट प्रभु देवाको निर्देशनमा बन्ने वाला थियो ।

अरबाजका कारण दबंगकको ब्राण्ड मूल्यमा कुनै असर नपरोस् भनी सलमान आफैंले दबंग ३ को निर्माण गर्ने तयारी गरेको बताइएको छ । यसअघि यो फिल्म यही वर्षको अन्त्यसम्म आउने भनिएको थियो । तर, अरबाज कानुनी झमेलामा फसेपछि फिल्म समयमा आउने सम्भावना छैन । या कारणले पनि सलमानले फिल्म निर्माण आफैं गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्