Logo

२ करोड ५२ लाख नक्कली नोट काण्डः निर्माता वाग्लेले नक्कली नोट छपाएको स्वीकारे

काठमाडौं – तीन साता अघि फिल्म निर्माता माधब वाग्लेको कोठाबाट २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो भने नेपाल राष्ट्र बैंकले सो नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । अहिले यसै नक्कली नोट काण्डमा मुछिएका फिल्म निर्माता वाग्लेले गरेको नक्कली नोटको कारोबार विषयमा अनुसन्धान सकाएको छ।

तीन साता अघि मात्रै निर्माता वाग्लेको कोठाबाट प्रहरीले २ करोड ५२ लाख नक्कली नोट फेला पारेको थियो । लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेलाई नक्कली नोटको कारोबारमा मुख्य अभियुक्त बनाएर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको हो ।

महानगीय प्रहरी वृत्त महाराजगंजको प्रमुख डिएसपी योगन्द्र सिंहले दिएका जानकारी अनुसार अहिले अनुसन्धान सकाएर फाइल सरकारी वकिल कार्यालयमा बुझाइएको हो ।

जेठ २ गते २ प्रहरीले करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित फिल्म निर्माता वाग्लेसहित अन्य ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पक्राउ परिसकेपछि निर्माता वाग्लेले आफुलाई बचाउ गर्दै फिल्मको लागि सो नक्कली नोट छापेको प्रहरी समक्ष बयान दिएका थिए ।

अब प्रहरीको अनुसन्धान चित्त बुझेको खण्डमा खोटा चलनमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ। दोषी प्रमाणित भएमा निर्माता वाग्लेलाई ऐन अनुसार बिगो बमोजिमको जरिवाना र १० वर्षसम्मको जेल सजाय हुनसक्छ । डिएसपी सिंहका अनुसार निर्माता वाग्लेले बयानमा नक्कली नोट छपाएको स्वीकार गरीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्